बीरगञ्ज , ११

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की बिना जैसवाल कुर्मी ले बहुदरमाई–४ डोकैला बहुवरीमा सोमबार घरदैलो तथा जनता भेटघाट कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेकी छिन्।

घरदैलोका क्रममा कुर्मीले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको उल्लेख गर्दै चुनावी मैदानमा सक्रिय भएको बताए। उनले पर्सा–२ मा सडक, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासलाई मुख्य एजेण्डा बनाएको बताए भने युवाहरूका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक मर्मत, स्वास्थ्य सेवा विस्तार र बेरोजगारी समस्या समाधान गर्नुपर्ने माग राखेका थिए। कुर्मीले ती मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिँदै आगामी दिनमा पनि घरदैलो कार्यक्रम निरन्तरता दिने बताइन्।

यस कार्यक्रमले पर्सा–२ मा राप्रपा को चुनावी गतिविधि थप तीव्र बनाएको स्थानीय कार्यकर्ताहरूले बताएका छन्।

Share.
Leave A Reply

Exit mobile version