राष्ट्रिय कुस्ती प्रतियोगितामा वीरगञ्जका सुजित यादवलाई स्वर्ण

Spread the love

वीरगञ्ज, असार ६ — वीरगञ्ज महानगरपालिका–१७ निवासी सुजित यादवले राष्ट्रिय कुस्ती प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्।
मधेश प्रदेशमा असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको राष्ट्रिय कुस्ती प्रतियोगितामा यादवले ७४ केजी तौल समूहमा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच सुजितले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन्।
स्वर्ण पदक विजेता यादवले आफ्नो सफलतामा सहयोग, साथ र प्रेरणा प्रदान गर्ने सम्पूर्ण गुरुजन, प्रशिक्षक, परिवार तथा साथीभाइप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि अझ मेहनत गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मधेश प्रदेश र देशको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय खेलप्रेमी तथा शुभेच्छुकहरूले सुजित यादवको सफलताले वीरगञ्ज तथा मधेश प्रदेशको खेल क्षेत्रलाई थप उत्साह र प्रेरणा मिलेको बताएका छन्।

Scroll to Top