वीरगञ्ज–१ मा राप्रपाको पार्टी प्रवेश तथा अगुवा भेला, बीना जैसवाल कुर्मीको सहभागिता

Spread the love

बीरगञ्ज , माघ २९ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला निर्वाचन क्षेत्र–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार बीना जैसवाल कुर्मी आज वीरगञ्ज महानगरपालिका वडा नं. १ मा आयोजित पार्टी प्रवेश कार्यक्रम तथा अगुवा कार्यकर्ता भेलामा सहभागी भएकी छन्।

उक्त कार्यक्रममा विभिन्न दल परित्याग गरी आएका स्थानीय नेता तथा कार्यकर्तालाई राप्रपामा स्वागत गरिएको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार कुर्मीले राष्ट्रवाद, सुशासन र स्थानीय विकासलाई केन्द्रमा राखेर राप्रपाले अघि बढाएको एजेन्डामा एकजुट हुन आह्वान गरिन्।

उनले पर्सा क्षेत्र–२ को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै जनतासँगको सहकार्य र सहभागितामार्फत क्षेत्रको समस्या समाधान गरिने बताइन्।

कार्यक्रममा पार्टीका स्थानीय नेता, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

Scroll to Top