वीरगन्ज बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

Spread the love

वीरगन्ज , असोज २१

वीरगन्जको नयाँ बसपार्क क्षेत्रमा इभीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बुधबार बिहान बसपार्क सडकखण्डमा पैदल हिँडिरहेकी वीरगन्ज महानगरपालिका–१६ नगवाकी ४५ वर्षीया रीमा गुप्तालाई बा.प्र.०३–००१ ज ०७२० नम्बरको इभीले ठक्कर दिएको हो।

प्रहरीका अनुसार इभीको ठक्करबाट गम्भीर घाइते भएकी गुप्ताको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले इभीसहित चालक सिन्धुलीको कमलामाई नगरपालिका–२ का रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Scroll to Top