सशस्त्र प्रहरीद्वारा सिराहाबाट ११ सय किलो गाँजा बरामद

Spread the love

बीरगंज , असोज १५

सशस्त्र प्रहरी बलले ११ सय  किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ । गएराति करिब १ बजे  सिराहा जिल्लाको  सुखीपुर नगरपालिका -१० विश्वकर्मा चोक गागन खोलापुल बाट गाँजा बोकेको बोलेरो गाडी र मोटर साइकल नियन्त्रणमा लिइएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले  बा १४ च २९४ नम्बरको बोलेरो गाडी  र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको गाँजा  नियन्त्रणमा लिएको हो ।

२६ वटा बोरामा  प्याक गरिएको  ११०२.६५५ के.जी. गाँजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया रहेको छ ।

Scroll to Top