वीरगन्ज, पर्सा 

जेठ ९

 वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवराज फुँयाललाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्। आज एक आधिकारिक सूचना मार्फत मेयर सिंहको सचिवालयले फुँयालको नियुक्तिको जानकारी दिएको हो।

नव नियुक्त सल्लाहकार फुँयाल सञ्चार क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन्। लामो समयदेखि पत्रकारिता र जनसम्पर्कको क्षेत्रमा सक्रिय फुँयालले यसअघि विभिन्न सञ्चारमाध्यमहरूमा काम गरिसकेका छन्।

मेयर सिंहले फुँयालको अनुभव र क्षमताबाट महानगरपालिकाको जनसम्पर्क सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। “नगरवासीहरूसँग प्रत्यक्ष संवाद र सूचनाको पहुँच सुनिश्चित गर्न सक्षम प्रेस सल्लाहकार आवश्यक थियो, त्यसै अनुरूप फुँयालजीको चयन गरिएको हो,” मेयर सिंहले भने।

नवराज फुँयालले नियुक्तिपछि प्रतिक्रिया दिँदै आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। “महानगर र नागरिकबीचको सूचनात्मक सेतुको भूमिकामा रहनेछु,” उनले बताए।

फुँयालको नियुक्तिसँगै वीरगन्ज महानगरपालिकाको सञ्चार तथा जनसम्पर्क प्रणाली अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Share.
Leave A Reply

Exit mobile version