बीरगन्ज, वैशाख ५ — सिटिजन बैंक इन्टरनेशनल लिमिटेड बीरगन्ज शाखाले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ। शुक्रबार सम्पन्न सो कार्यक्रममार्फत ३ जना महिला सहित १८ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा बैंकका बीरगन्ज शाखा प्रमुख अभय ठाकुरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि बैंकका मधेस प्रदेश प्रमुख नितेश खड्की रहेका थिए। कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक, तथा अन्य आम नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

बैंकले वार्षिकोत्सवको अवसर पारेर समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। प्रमुख अतिथि खड्कीले बैंकले भविष्यमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै शाखा प्रमुख ठाकुरले रक्तदानजस्तो मानवीय कार्यमा सहभागिता जनाउने सबैलाई प्रशंसा व्यक्त गरे।

Share.
Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version