वीरगञ्ज । भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको एसएसबी र रक्सौल नकरदेई थाना टोलीले संयुक्त कारबाही गर्दै २७८ ग्राम ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूको पहिचान वीरगञ्ज महानगरपालिका वडा नं १२ का विशाल कुमार, वडा नं ६ रेशमकोठीका आयुष अग्रवाल, बारा जिल्लाको नितनपुरका रामकिशोर साह कानु र पर्साको रामटोलका राजेश प्रसाद यादवको रूपमा गरिएको छ।
चारैजनालाई लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ।



