चोटका कारण एनपीएलबाट बाहिरिए अनिल साह, आशिफ शेख बने जनकपुर बोल्ट्सका कप्तान

Spread the love

नेपाल प्रिमियर लिग (एनपीएल)का उपाधि दाबेदार जनकपुर बोल्ट्सले टोलीका कप्तान अनिलकुमार साहलाई चोटका कारण गुमाउनुपरेको छ । चितवन राइनोजविरुद्धको पछिल्लो खेलमा चोट बोकेपछि साहले प्रतियोगिताका बाँकी खेल खेल्न नसक्ने भएका छन् । क्लबका अनुसार उनको हातमा शल्यक्रिया गर्नुपर्ने भएको छ ।

चितवनविरुद्धको खेलमा साह केवल आठ रनमै आउट भएका थिए । ब्याटबाट बलले ठोक्किँदा उनको हातमा चोट लागेको थियो । चोट सुरुमा सामान्य देखिए पनि गम्भीरता बढ्दै जाँदा उनी मैदानबाट बाहिरिएका थिए । हाल शल्यक्रियाको तयारीमा रहेका साहको अनुपस्थितिले जनकपुरको रणनीतिमा ठूलो प्रभाव पार्ने देखिएको छ । टोलीले अब कप्तानीको जिम्मेवारी मार्की खेलाडी आशिफ शेखलाई सुम्पिएको छ ।

Scroll to Top