एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन।
पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो।
५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो ।
च्याम्पियन्स लिगमा ६ खेलमा युभेन्ट्सको यो तेस्रो जित हो । टोलीले २ खेलमा बराबरी र अर्कोमा हार बेहोरेको थियो।
सिटीले च्याम्पियन्स लिगमा यो सिजन २ जित, २ बराबरी र २ खेलमा हार बेहोरेको छ। समग्रमा पछिल्ला १० खेलमा सिटीले १ खेल जितेको छ।
इटालियन सिरी एमा अंक तालिकाको छैटौं स्थानमा रहेको युभेन्ट्सले १५ खेलमा ९ खेलमा बराबरी खेलेको छ। टोली यो सिजन सिरिजमा अपराजित छ।
सन् २०२३ मा च्याम्पियन्सिप लिगसहित ५ वटा उपाधि जितेको सिटी प्रिमियर लिगमा अहिले चौथो स्थानमा छ।
१५ खेलमा टोलीले ८ खेल जित्दा ४ खेलमा हार बेहोरेको छ।
च्याम्पियन्स लिगमा ११ अंकसहित युभेन्ट्स १४ औं स्थान र ८ अंकका साथ सिटी २२ औं स्थानमा छ।



