कोल्हवीमा अटोमाथि रुख खस्दा चौधरी घाइते

Spread the love

बारा, कोल्हवी 

जेठ २

बाराको कोल्हवी नगरपालिका अन्तर्गत तमागढी रोडमा आज बिहान करिब ३ बजे रुख खस्दा अटोमा सवार एक व्यक्ति घाइते भएका छन्।

प्रदेश २-०३-००१ ह १२८२ नम्बरको अटोमाथि अचानक रुख ढलेपछि उक्त दुर्घटना भएको हो। दुर्घटनामा कोल्हवी नगरपालिका–३ जुअवाका सिकेन्द्र चौधरी घाइते भएका छन्।

स्थानीयहरूका अनुसार घाइते चौधरीलाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनाको बेला अटो पार्किङ गरिएको अवस्थामा रहेको वा गन्तव्यतर्फ गइरहेको थियो भन्ने विषयमा थप जानकारी आउन बाँकी छ। स्थानीय प्रशासनले घटनाको छानबिन थालेको छ।

सडक किनारमा रहेका पुराना र जोखिमयुक्त रुखका कारण यस्ता घटना पुनः दोहोरिन सक्ने भएकाले सावधानी अपनाउन स्थानीयले माग गरेका छन्।

Scroll to Top