वीरगञ्ज, भदौ ३
उपकार सेवा नेपालले वीरगञ्ज–१५, नहर रोडस्थित बुद्धनगर टोलका बासिन्दालाई खानेपानीको अभाव समाधान गर्न सहयोग गरेको छ।
पछिल्ला दुई महिनादेखि स्रोत सुकेर टोलमा खानेपानीको समस्या चर्किँदै आएको अवस्थामा संस्थाले ४०० मिटर लामो २ इञ्चको कालो पाइप प्रदान गरी खानेपानी व्यवस्थापनमा सहयोग पुर्याएको हो।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले टोलबासीलाई उक्त पाइप हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा संस्था सदस्य सुमन बगेडिया, समाजसेवी प्रकाश थारु, स्थानीय रुपलाल साह, अनवारुल हक, प्रमोद चौधरी, मुकेश कुश्वाहा लगायत भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले समाजमा आपत–विपत् तथा आवश्यकताअनुसार निरन्तर सहयोग गर्दै आएको जनाएको छ।


