वीरगञ्जमा ‘राजकरतानी’ एल्बम सार्वजनिक

Spread the love

वीरगञ्ज, भदौ २ 


वीरगञ्जस्थित होटल साह दरबारमा सोमबार गायक सुनिलकुमार पण्डितको स्वरमा रहेको ‘राजकरतानी’ एल्बम सार्वजनिक गरिएको छ।

सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्रले एल्बम लोकार्पण गर्नुभएको थियो। पारिवारिक भावनामा आधारित गीतमा विवाहपछि श्रीमान–श्रीमतीबीचको सम्बन्ध, आपसी प्रेम र जीवनप्रतिको प्रतिबद्धतासहितको सन्देश समेटिएको गायक पण्डितले जानकारी दिनुभयो।


पत्रकार सम्मेलनमा कलाकार निभा दास, दिपेश शर्मा, फिल्म वरिष्ठ नन्दु श्रीवास्तव, जितु जितेन्द्र कलवारलगायतको उपस्थिति रहेको थियो।
गायक सुनिल पण्डितकै अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

Scroll to Top