काठमाडौं, १७ कात्तिक
सरकारले भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।
उनका अनुसार गृहमन्त्रालयलगायत सरोकारवाला निकायबाट गरिएको अध्ययन र प्रमाण संकलनपछि ४५ जनालाई हालका लागि शहीद घोषणा गरिएको हो। प्रवक्ता खरेलले भने, “अझै केही घटनाका विवरण संकलन भइरहेको छ, थप अध्ययनपछि अन्यबारे पनि निर्णय हुनसक्छ।”
सरकारको निर्णय अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु भएका निम्न ४५ जनालाई राज्यले शहीदका रूपमा सम्मान गर्नेछः
शहीद घोषणा गरिएको ४५ जनाको सूची
१. बुद्धिबहादुर तामाङ (काठमाडौं)
२. सन्तोष विश्वकर्मा (उदयपुर)
३. सुलभ राज श्रेष्ठ (बाँके)
४. श्रीराम चौलागाईं (मोरङ)
५. ईश्वत बहादुर अधिकारी (काठमाडौं)
६. आयुष थापा (बाँके)
७. गौरव जोशी (कैलाली)
८. योगबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक)
९. माधव सारु मगर (खोटाङ)
१०. बिमल बाबु भट्ट (गोरखा)
११. असहावत आलम ठकुराई (पर्सा)
१२. सौरन किशोर श्रेष्ठ (बागलुङ)
१३. सुभाष कुमार बोहरा (बझाङ)
१४. रसिक खतिवडा खत्री (काभ्रे)
१५. विनोद महर्जन (ललितपुर)
१६. दिल नारायण तामाङ (काभ्रे)
१७. योगेन्द्र न्यौपाने (सिन्धुली)
१८. अभिषेक श्रेष्ठ (सुनसरी)
१९. मोहन सरदार (सुनसरी)
२०. छत्रमान कुथुमी (धनकुटा)
21. ओझन बुढा (बाजुरा)
22. साजन राई (सुनसरी)
23. अनिश पराजुली (गोरखा)
24. सारकुमार राई (उदयपुर)
25. अर्जुन भट्ट (गोरखा)
26. धिरज श्रेष्ठ (नुवाकोट)
27. देवकुमार सुवेदी (सर्लाही)
28. उमेश महत (सिन्धुपाल्चोक)
29. प्रविण कुलुङ (संखुवासभा)
30. निखिता गौतम (चितवन)
31. अभिषेक चौलागाईं (दोलखा)
32. विजय चौधरी (सिरहा)
33. भिमराज धामी (बझाङ)
34. निरज पन्त (बैतडी)
35. दीपक सिंह साउद (बैतडी)
36. शुभराज बलामी श्रेष्ठ (नुवाकोट)
37. ज्ञानिन्द्र सेढाई (झापा)
38. दिनेश राजवंशी (झापा)
39. कमल भण्डारी (प्यूठान)
40. दिपेश सुनुवार (सिन्धुली)
41. महेश बुढाथोकी (दोलखा)
42. लच्छुमान राई (नुवाकोट)
43. मिलन राय (सिन्धुली)
44. अमृत गुरुङ (कास्की)
45. उत्तम थापा (दार्चुला)
सरकारले शहीद घोषणा भएका व्यक्तिहरूका परिवारलाई आवश्यक सम्मान र सहयोग उपलब्ध गराउने तयारी समेत गरेको बताइएको छ।



