प्रतिकूल मौसमका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयमा तीन दिन पठनपाठन स्थगित

Spread the love

वीरगञ्ज । पौष ७

बढ्दो प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयमा पठनपाठन अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार पौष ७ गतेदेखि ९ गतेसम्म तीन दिन विद्यालय बन्द रहनेछ। उक्त अवधि वर्षे सट्टे विदाबाट कट्टा हुने गरी लागू गरिएको जनाइएको छ।

यस्तै, शैक्षिक क्यालेण्डरअनुसार पौष ११ गते पहिल्यै सट्टा विदा तोकिएको हुँदा त्यस दिन पनि विद्यालय सञ्चालन नहुने स्पष्ट पारिएको छ। महानगरपालिकाले पौष १३ गते आइतबारदेखि सबै विद्यालयहरू पूर्ववत् समयअनुसार नियमित रूपमा सञ्चालन हुने जानकारी समेत दिएको छ।

महानगरपालिकाले विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनलाई यस निर्णयको पालना गर्न अनुरोध गर्दै प्रतिकूल मौसमको समयमा बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिन आग्रह गरेको छ।

Scroll to Top