मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा

Spread the love

वीरगञ्ज , पौष २४

वीरगंजमा केही दिनअघि केही समूहले “हिन्दू भगाऊ, देश बचाऊ” भन्ने नारा लगाएको घटनाको विरोधमा बुधबार बिहान मलंगवामा बजार बन्द गराउने क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता तथा कार्यकर्तालाई प्रहरीले साँझ रिहा गरेको छ।

मलंगवा नगरपालिका वडा नं. ९ बालमन्दिर चौकबाट हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण यादव, रामानन्द साहलगायत अन्य सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। बजार बन्द गराउने क्रममा शान्ति सुरक्षामा असर पर्न सक्ने अवस्था देखिएपछि उनीहरूलाई अस्थायी रूपमा पक्राउ गरिएको जनाइएको छ।

यसअघि मंगलबार दिउँसो हिन्दू सम्राट सेना नेपालले वीरगञ्ज घटनाको विरोधमा मलंगवामा जुलुस निकाल्दै प्रदर्शन गरेका थिए । हाल मलंगवाको अवस्था सामान्य रहेको छ।

Scroll to Top