वीरगञ्ज , माघ २
सिरिसिया अवस्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया तथा पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले आश्रममा आश्रित आमाबुवाहरूका लागि दिउँसोको खाजा सेवा प्रदान गर्नुका साथै अति आवश्यक खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।
मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताका अनुसार उक्त सहयोगले आश्रममा आश्रित बेसहारा आमाबुवाहरूको दैनिकीमा ठूलो राहत पुगेको छ। कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक आदरणीय प्रकाश थारु, कमल चौघाई, डा. निरज सिंह, डा. प्रिति यादव, मौसमी श्रेष्ठ तथा आश्रमका स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सराफ, पवन कलवार र आर्यन गुप्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी दानबहादुर कार्कीले मानव सेवा आश्रमले बेसहारा र असहाय व्यक्तिहरूका लागि गरिरहेको कार्य अति नै सराहनीय रहेको उल्लेख गरे। साथै, आश्रमको सुरक्षाका लागि नेपाल प्रहरीले २४ घण्टा एक जना प्रहरी खटाइएको जानकारी दिँदै, आगामी दिनहरूमा पनि नेपाल प्रहरीको तर्फबाट सम्भव हुने सहयोग र साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त



