वीरगञ्ज , माघ १५
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२९ मुसैलीमा व्यापक मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उहाँले क्षेत्रका समसामयिक समस्या, आवश्यकता र विकाससम्बन्धी अपेक्षाबारे जानकारी लिनुभएको थियो।
घरदैलोका क्रममा उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सार्नुभएको छ। उहाँले गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाबिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै युवालाई लक्षित रोजगारी सिर्जना, सडक, खानेपानी र ढलजस्ता पूर्वाधारको विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय अगुवा कार्यकर्ता, बुद्धिजीवी, युवा, महिला तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। भेटघाटका क्रममा मतदाताले शिक्षा सुधार, स्वास्थ्य सेवाको पहुँच, बेरोजगारी, सडक र सरसफाइसम्बन्धी समस्या उठाउँदै आफ्ना सुझाव तथा गुनासा प्रस्तुत गरेका थिए। सहभागीहरूले विकास र सुशासनका एजेन्डामा उम्मेदवार यादवको स्पष्ट दृष्टिकोणप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी निर्वाचनमा सहयोग र समर्थन रहने विश्वास व्यक्त गरेका छन्।
नेकपा (एमाले) पर्साले क्षेत्र नम्बर–२ मा घरदैलो तथा जनसम्पर्क अभियानलाई थप तीव्र बनाउँदै स्थानीय तहसम्म संगठन सुदृढीकरणमा केन्द्रित रहेको जनाएको छ। पार्टीका अनुसार यस्ता कार्यक्रममार्फत जनताको विश्वास जित्दै निर्वाचनमा मजबुत उपस्थिति जनाउने तयारी भइरहेको


