वाईसीएल नेपाल पर्सा जिल्ला प्रथम सम्मेलन सम्पन्न, दीपेन्द्र पटेल अध्यक्षमा निर्विरोध निर्वाचित

Spread the love

वीरगञ्ज पर्सा

जेठ ५

युवा संगठन वाईसीएल नेपाल पर्सा जिल्लाको प्रथम जिल्ला सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनबाट दीपेन्द्र पटेललाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको छ।

उपाध्यक्षमा क्रमशः शिव शंकर कलवार र पर्मानन्द राम चयन भएका छन् भने चन्दन चन्द्रवंशी सचिव र चन्दन रौनियार सहसचिवमा निर्वाचित भएका छन्। सम्मेलनबाट अन्य विभिन्न पदमा समेत नयाँ नेतृत्व चयन गरिएको छ।

नव-निर्वाचित अध्यक्ष दीपेन्द्र पटेलले संगठनलाई अझ सशक्त बनाउँदै युवा वर्गलाई राजनीतिमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्मेलनले संगठनात्मक सुदृढीकरण, स्थानीयस्तरमा युवाको सक्रियता, र सामाजिक-राजनीतिक चेतनाको विस्तार गर्ने लक्ष्य राखेको छ।

निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्य कमरेडहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। सम्मेलनले पर्सा जिल्लामा वाईसीएलको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

Scroll to Top