पर्सागढी–२ घोडपासरामा राप्रपाकी उम्मेदवार बिना जयसवालको घरदैलो, स्थानीयसँग प्रत्यक्ष संवाद

Spread the love

बीरगञ्ज , माघ २७

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार बिना जयसवालले आज पर्सागढी नगरपालिका–२ घोडपासरामा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका विद्यमान समस्या, आवश्यकता र जनअपेक्षाबारे नजिकबाट बुझ्ने अवसर पाइन्। स्थानीयवासीले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्दै जयसवालले ती समस्या समाधानका लागि आफू सदैव प्रतिबद्ध रहने स्पष्ट पारेकी छन्।

कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता देखिनुका साथै जयसवालको अभियानले घोडपासरा क्षेत्रमा नयाँ राजनीतिक चासो र उत्साह थपेको बताइएको छ।

Scroll to Top