पर्सागढी–५ बहुअरावामा एमालेको अगुवा कार्यकर्ता भेला, सयौँ नेता–कार्यकर्ता पार्टी प्रवेश

Spread the love

बीरगञ्ज , फाल्गुन ३

पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअरावामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुदृढीकरण बिना समग्र विकास सम्भव नहुने बताउँदै यी क्षेत्रमा प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन्।

भेलामा विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिकाका अध्यक्ष गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका अध्यक्ष सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले आ–आफ्नो विचार राखेका थिए।

कार्यक्रमका क्रममा जनता समाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस लगायत विभिन्न दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको आयोजकले जनाएका छन्।

Scroll to Top