बीरगञ्ज , फाल्गुन २१
बारा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जितपुर–सिमरा उपमहानगरपालिका–१३ मा आज बिहानदेखि मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सुरु भएको छ। उक्त वडाका मतदाताका लागि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पोता लाई मतदान केन्द्र तोकिएको छ।
बिहानैदेखि मतदान केन्द्र परिसरमा मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ। युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहका साथ लाइनमा उभिएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान प्रक्रिया व्यवस्थित र मर्यादित ढंगले सञ्चालन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
स्थानीय बासिन्दाहरूले शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन मतदाताहरूको सक्रिय सहभागिताले यस क्षेत्रको राजनीतिक माहोल थप उत्साहपूर्ण बनेको



