जितपुर सिमरा–१३ मा जेन्जी युवाद्वारा बृहत सरसफाई अभियान सम्पन्न

Spread the love

वीरगञ्ज , चैत्र ३० 

जितपुर सिमरा उपमहानगरपालिका–१३ मा जेन्जी युवा समूहको आयोजनामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। “फोहोर होइन, फूल जस्तै गाउँ बनाउँ” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त अभियानले स्थानीय स्तरमा सरसफाईप्रति सकारात्मक सन्देश दिएको छ।

कार्यक्रम जेन्जी युवा गोविन्द चौधरीको अगुवाइमा सम्पन्न भएको हो भने वडा नं. १३ का अध्यक्ष हेमनारायण चौधरीको विशेष सहयोग रहेको थियो।

सरसफाई अभियानमा अकलु चौधरी, भुवनेश्वर चौधरी, मिथुन चौधरी, सिकन्दर सहनी, रामाशंकर सहनी, रोशन पटेल, राजदेव चौधरी, श्याम चौधरी , सुन्नी माझी लगायतका स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। साथै रजघटा क्षेत्रका अस्थायी प्रहरी, ट्राफिक प्रहरी तथा नगर प्रहरीका विज्ञान कुमार लामाको पनि विशेष उपस्थिति रहेको थियो।

अभियान अन्तर्गत वडा नं. १३ का डुमरवाना, पोता, फतेपुर र पचुली गाउँमा विशेष सरसफाई गरिएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले यस्ता अभियान नियमित रूपमा हरेक हप्ता सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

Scroll to Top