झापाको सुधार केन्द्रमा भर्ना भएका इलामका बस्नेतको शंकास्पद मृत्यु, सञ्चालकविरुद्ध जाहेरी

Spread the love

वीरगन्ज , कार्तिक २

झापाको बिर्तामोडस्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा भर्ना भएका इलामका नरबहादुर बस्नेतको शंकास्पद अवस्थामा मृत्यु भएपछि परिवारले केन्द्रका सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

इलामको फाकफोकथुमका बस्नेतलाई परिवारले मादक पदार्थ सेवनको लत छुटाउने उद्देश्यले असोज २५ गते तीन महिनाका लागि सुधार केन्द्रमा भर्ना गराएका थिए। तर, भर्ना भएको दुई दिनपछि असोज २७ गते नै उनको मृत्यु भएको परिवारले जनाएको छ।

सुधार केन्द्रका सञ्चालकले बस्नेत बिरामी परेको जानकारी गराएपछि परिवारका सदस्य अस्पताल पुगेका थिए। तर, उनीहरू पुग्नुअघि नै बस्नेतको मृत्यु भइसकेको बताइएको छ। केन्द्रका सञ्चालकले उनलाई सुरुमा कञ्चनजङ्घा अस्पताल र त्यसपछि बिर्ता सिटी अस्पताल पुर्‍याएका थिए।

मृतकका भाइ तारा बस्नेतले प्रहरीमा दिएको जाहेरीमा सुधार केन्द्रको लापरवाहीका कारण दाजुको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। शवको विभिन्न भागमा चोटपटक देखिएको उल्लेख गर्दै परिवारले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

Scroll to Top