वीरगञ्जमा हिरो मोटरसाइकलको ‘मेगा एक्सचेन्ज’ सञ्चालन हुँदै, १० लाख रुपैयाँ नगददेखि सुनिश्चित उपहार जित्ने मौका

Spread the love

वीरगञ्ज, ११ कार्तिक

वीरगञ्जमा दुईपाङ्ग्रे सवारीसाधन खरिद तथा पुराना मोटरसाइकल एक्सचेन्ज गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘हिरो मेगा एक्सचेन्ज’ अफर सञ्चालन हुने भएको छ । हिरो मोटरसाइकलको लागि आधिकारिक बिक्रेता एन.एच.आर. मोटोकर्प प्रा.लि.ले आगामी कार्तिक १४ गतेदेखि २१ गतेसम्म दीपावली र छठ पर्वलाई लक्षित गर्दै उक्त अफर सञ्चालन गर्न लागेको हो ।

वीरगञ्जको आदर्शनगरस्थित अनमोल स्वीट्स नजिक आयोजना हुने यस अफरअन्तर्गत ग्राहकले विभिन्न मोडेलका हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्दा आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ हिरो दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन् ।

योजनाअन्तर्गत डिजिटल स्क्र्याचमार्फत १० लाख रुपैयाँसम्मका तत्काल नगद पुरस्कार जित्ने अवसर पनि राखिएको छ । ग्राहकले १०० प्रतिशतसम्म क्यासब्याकको सुविधा समेत प्राप्त गर्न सक्ने छन् । साथै, सो अवधिमा सोधपुछका लागि दर्ता गर्ने ग्राहकलाई निःशुल्क इयरबड उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।

नयाँ मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई सहज बनाउन ईएमआई सुविधा पनि राखिएको छ । कम्पनीकाअनुसार मासिक ३ हजार ९९९ रुपैयाँदेखि किस्ता सुरु हुने व्यवस्था छ । यसका साथै, ग्राहकले निःशुल्क हेलमेटसमेत प्राप्त गर्न सक्नेछन् ।

अफरमा हिरोका विभिन्न श्रेणीका मोटरसाइकल तथा स्कुटर समावेश गरिएको कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार उपलब्ध मोडेलबारे जानकारी लिन तथा एक्सचेन्ज मूल्याङ्कन गराउन सक्नेछन् ।

एन.एच.आर. मोटोकर्प प्रा.लि.ले वीरगञ्जस्थित बाइपास रोडमा बीवाइडी गाडीको नजिकै रहेको नयाँ शोरुम नजिकबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । अफरसम्बन्धी थप जानकारी तथा बुकिङका लागि ग्राहकले ९८०१२६५२५७ र ९८०१२६६५५५ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

कार्तिक १४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने ‘हिरो मेगा एक्सचेन्ज’ अफरले पुरानो सवारीसाधन साटेर नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई विभिन्न सुविधा र पुरस्कार जित्ने अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

Scroll to Top