अशोक टेमानीको वीरगञ्ज–१७ अलौँमा घरदैलो, उद्योग स्थापना र रोजगारी सिर्जनालाई प्राथमिकता

Spread the love

बीरगञ्ज , फाल्गुन ४

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक कुमार अग्रवाल (टेमानी)ले सोमबार वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौँ गाउँमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा अग्रवालले पर्सा–२ को समग्र विकास, रोजगारी सिर्जना, उद्योग स्थापना तथा पूर्वाधार विस्तारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताए। उनले छाता छापमा मतदान गरी आफू लगायत जसपा नेपालका सम्पूर्ण उम्मेदवारहरूलाई विजयी बनाउन मतदातासँग आग्रह गरे।

अग्रवालले आफू सफल उद्योगी, व्यवसायी तथा समाजसेवीका रूपमा परिचित रहेको उल्लेख गर्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशलगायत विभिन्न सङ्घ–संस्थामा नेतृत्व सम्हालेको अनुभवले आफूमा सक्षम नेतृत्व क्षमता रहेको दाबी गरे।

उनले वैदेशिक लगानी भित्र्याई वीरगञ्ज क्षेत्रमा ठूला उद्योग स्थापना गर्ने योजना रहेको जानकारी दिँदै पर्सा जिल्लाको सबैभन्दा ठूलो समस्या बेरोजगारी अन्त्य गर्न दीर्घकालीन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नीति निर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

अग्रवालले जसपा नेपालले मधेस र मधेसवासीका अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि उक्त अभियानलाई थप सशक्त बनाउने बताए। साथै अल्पसङ्ख्यक तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गरे।

घरदैलो कार्यक्रमका क्रममा उनले पार्टीको घोषणा पत्रका मुख्य विषयवस्तुहरूबारे जानकारी गराउँदै घोषणापत्रअनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका

Scroll to Top