Spread the love

वीरगन्ज , असार १० 

गौतम माध्यमिक विद्यालयमा गत शैक्षिक वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘विद्यार्थी उपलब्धि सम्मान समारोह’ भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विद्यालयका अनुसार उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई प्रशंसापत्रसहित छात्रवृत्ति प्रदान गरी थप अध्ययनका लागि प्रोत्साहन गरिएको थियो।

समारोहको अध्यक्षता पिया लामाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा डा. सफ्रोज अन्सारी तथा विशेष अतिथिका रूपमा सोनम लामा सहभागी हुनुभएको थियो। अतिथिहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।

उहाँहरूले शिक्षाले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै निरन्तर अध्ययन, सिर्जनशीलता र आत्मविश्वासका साथ अगाडि बढ्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मानित विद्यार्थीहरूले प्राप्त सम्मान र छात्रवृत्तिले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिलेको बताएका थिए।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास तथा शैक्षिक उत्कृष्टता हासिल गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *