Spread the love

वीरगञ्ज , असार ४

वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयमा कक्षा ५ का विद्यार्थीहरूका लागि रोबोटिक्स कक्षा सञ्चालनमा आएको छ। आधुनिक प्रविधिसँग विद्यार्थीहरूलाई प्रारम्भिक अवस्थादेखि नै परिचित गराउने उद्देश्यले विद्यालयले रोबोटिक्स कार्यक्रम सुरु गरेको हो।

कार्यक्रमअन्तर्गत पहिलो दिन कक्षा ५ का ए, बी, सी र डी सेक्सनका विद्यार्थीहरूको सहभागितामा अभिमुखीकरण तथा परिचयात्मक सत्र सम्पन्न भएको छ। उक्त सत्रमार्फत विद्यार्थीहरू तथा प्रशिक्षकहरूलाई रोबोटिक्स, नवप्रवर्तन र प्रविधिको रोमाञ्चक संसारबारे जानकारी गराइएको थियो।

प्रयोगात्मक सिकाइ र स्व-अध्ययनमा आधारित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रकारका रोबोटहरूको अवलोकन, सञ्चालन तथा तिनको कार्यप्रणाली बुझ्ने अवसर प्राप्त गरेका थिए। यसले विद्यार्थीहरूमा जिज्ञासा, सिर्जनात्मक सोच, तार्किक क्षमता तथा समस्या समाधान गर्ने सीपको विकासमा सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

विद्यालय प्रशासनका अनुसार रोबोटिक्स शिक्षा मार्फत विद्यार्थीहरूलाई भविष्यको प्रविधिमैत्री संसारका लागि तयार पार्ने लक्ष्य राखिएको छ। पहिलो दिन नै विद्यार्थीहरूमा देखिएको उत्साह, जाँगर र सिकाइप्रतिको रुचिले कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

विद्यालयले आगामी दिनहरूमा यस्ता प्रविधिमैत्री तथा सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *