बीरगञ्ज , माघ २२
देशको राष्ट्रियता, स्थायित्व र अस्तित्वको संरक्षणका लागि आफू एमालेमा प्रवेश गरेको प्रदीप यादवले बताएका छन्। उनले वर्तमान परिस्थितिमा देशलाई मजबुत बनाउने शक्ति एमाले भएकाले उक्त निर्णय लिएको स्पष्ट पारे।
आगामी फागुन महिनाको २१ गते प्रतिनिधी सभाको निर्बाचनमा परिणामा आफ्नो पक्षमा पार्नको लागि एमाले पर्सा १ का उम्मेदवार प्रदिप यादबले चुनावलाई अनुकुल बनाउनको लागि कुनै कसर बाकी नराख्ने गरि पार्टीको रणनीतिक छलफलमा जुटेका छन । उनले बिहानै देखि आफ्नो पार्टी निकट रहेको कार्यकर्ता तथा नेताहरु र एमालेमा रहेको नेता तथा कार्यकर्ताहरुलाई एक बनाउको लागि बिबिध पक्षमा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन ।
उनले जनता समाजबादी पार्टीमा रहेर उनीसँगै एमालेमा फर्किएका बीरगंज महानगरपालिकाको बिभिन्न तहामा रहेको निर्बाचित जन प्रतिनिधीहरु, बहुदरमाई नगर पालिकाको प्रमुख सिँहासन प्रसाद साह, जिल्ला समन्वय समितीका प्रमुख निरञ्जन सर्राफ, जिल्ला समन्वय समिती पर्साका पुर्ब प्रमुख नेक महमद, प्रदेश सभाका पुर्ब सदस्य र एमालेका नेताहरु र बीरगंज महनरपालिकाको पुर्ब प्रमुख तथा एमालेका केन्द्रीय सदस्य बिजय कुमार सरावगीसँग दिनभरि जसो बसेर बिभिन्न कार्यक्रमको योजना निर्माण गरि प्रभावकारी कार्यन्वयनलाई अघि बढाउन छलफल गरेका छन ।
पुर्ब मन्त्री तथा दुइपटक सम्म पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बरबाट प्रतिनिधीसभा सदस्यमा निर्बाति बनेका यादबले हरेक मञ्चहरुमा आफुले एमलको राष्ट्रबादको झण्डालाई बोकेको बताउनुहुँदै संबिधान जोगाउन र देश बचाउनको लागि एमालेमा प्रबेश गरेर उम्मेदवार बनेको बताउँदै आउनुभएको छ । यादबले बर्तमानमा एमालेले जितेन भने देशको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुने हुनाले एमालको निष्ठावान कार्यकर्ताले इमान्दारिताको साथ लाग्ने. र पर्साका चारवटै निर्बाचन क्षेत्रका एमालेकै उम्मेदवारहरु निर्बाचित हुने एक भेटमा बताउनुभयो ।
नेता यादबले अव आफुले जनताको हितमा गरेको लोक कल्याणकारी काम बिशेष गरि खानेपानीका्े समस्या समाधान, कोभिडको बेला खेलेको भुमिका र अन्य ठुला योजना ल्याएर बीरगंज बासीको हितमा काम गरेकोले अव असली राजनीतिक चरित्र प्रदर्शन गर्नको लागि पनि आफुलाई मतदाताहरुले मतदान गर्ने बताउनुभयो । यादबले आफुले बहुरुपियाहरुको सबै खालको षडयन्त्र चकनाचुर बनाउने बताउनुहूँदै पर्साले एमालेको पक्षमा नयाँ ईतिहाँस कोर्ने समेत बताउनुभयो ।


