Spread the love

बीरगञ्ज , माघ २१

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नं. ७ का तिकुलिया, रधुनाथपुर, बागेश्वरी तथा वडा नं. ९ को एकटाँगा क्षेत्रमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।

“एक भोट राष्ट्रका लागि”, “राष्ट्रिय एकता”, “हर हर कमल, घर घर कमल” भन्ने नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, सिद्धान्त र भावी योजनाबारे जानकारी गराइएको थियो।

घरदैलो अभियानका क्रममा युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान दिँदै आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन, विकास र सुरक्षा, रोजगारी सिर्जना लगायतका एजेन्डा प्रस्तुत गरिएको थियो।

नेपाल जनता पार्टीले क्षेत्रको समग्र समृद्धि र राष्ट्र निर्माणका लागि आफू प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *