बारा ३ का मतदाता भन्छन्ः विकास र परिवर्तनका लागि रास्वपाका ई. साहलाई नै मत दिन्छौ

Spread the love

बीरगञ्ज , माघ २२

बारा ३ मा घरदैलो गर्दै ई. अर्विन्द साह, विकास र परिवर्तनका लागि मत फेर्ने मतदाताको मनसाय

वीरगञ्ज, २२ माघ । 

बाराको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ई. अर्विन्द साहले आज बिहानै आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो तथा भेटघाट गरेका छन् । कलैया उपमहानगरपालिका वडा नं. ६ स्थित बिहारी चौक पुगेका साहले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकासका योजना, एजेण्डा र आफ्नो प्रतिबद्धताबारे जानकारी गराएका हुन् ।

युवा उद्यमीसमेत रहेका साहलाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए । सो क्रममा कलैया निवासी युवा राजेश यादवले अब क्षेत्रको विकास र परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक रहेको भन्दै ई. साह सक्षम उम्मेदवार भएको प्रतिक्रिया दिए । “अब पुराना दललाई मात्र विश्वास गरेर भविष्य अन्धकार बनाउने अवस्था छैन, हामीलाई काम गर्ने प्रतिनिधि चाहिएको छ,” उनले बताए ।

घरदैलोका क्रममा साहले शिक्षा क्षेत्रमा सुधार ल्याउँदै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र युवालाई व्यवहारिक शिक्षा उपलब्ध गराउने उनको योजना छ । स्वास्थ्यतर्फ स्थानीय स्वास्थ्य संस्थाको स्तरोन्नति, विपन्न नागरिकका लागि सहज उपचार सेवा तथा आवश्यक चिकित्सक र उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राख्ने उनले बताए ।

युवामा बढ्दो बेरोजगारी न्यूनीकरणका लागि स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धन, सीपमूलक तालिम र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाउने उनको प्रतिबद्धता छ । साथै कृषि आधुनिकीकरण, किसानलाई सहुलियत, सडक तथा आधारभूत पूर्वाधार विकास, सीमावर्ती व्यापार व्यवस्थापन र पारदर्शी नेतृत्वमार्फत सुशासन कायम गर्ने लक्ष्यसमेत उनले दोहो–याएका छन् ।

घरदैलो अभियानका क्रममा स्थानीयबाट सुझाव संकलन गर्दै जनताको आवश्यकताअनुसार योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Scroll to Top