पर्सा–२ मा राप्रपाकी उम्मेदवार बिना जयसवाल कुर्मीको अलौमा  घरदैलो अभियान तीव्र

Spread the love

बीरगञ्ज , फाल्गुन ६

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधिसभा उम्मेदवार बिना जयसवाल कुर्मी ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ अलौमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्।

घरदैलो अभियानका क्रममा कुर्मीले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता तथा सम्भावित समाधानका विषयमा विस्तृत छलफल गरिन्। स्थानीयवासीहरूले उठाएका स्वास्थ्य, शिक्षा तथा आधारभूत पूर्वाधारसम्बन्धी समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

कुर्मीले गुणस्तरीय स्वास्थ्य सेवा, सहज शिक्षा पहुँच र आधारभूत सुविधाको विकास आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै महिलाको भूमिका सशक्त बनाउन विशेष कार्यक्रम ल्याइने समेत जनाइन्। “महिला सशक्तिकरण बिना समग्र समाजको विकास सम्भव छैन,” उनले भनिन्।

घरदैलो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो भने उम्मेदवार कुर्मीप्रति जनताको चासो र समर्थन बढ्दो रहेको स्थानीयवासीहरूले बताएका छन्।

Scroll to Top