विद्या सदन माध्यमिक विद्यालयमा नेपाल स्काउट पर्साद्वारा ‘विपद् तयारी र ग्यास सुरक्षा’ सम्बन्धी प्रदर्शनात्मक प्रशिक्षण सम्पन्न

Spread the love

वीरगंज, असोज ३० 

 विद्या सदन माध्यमिक विद्यालय, मुर्ली, वीरगंज–१२ मा आज विद्यालयको “जीवन कौशल पाठ्यक्रम” अन्तर्गत असोज महिनाको विषय “म्ष्कबकतभच एचभउ – न्बक क्बाभतथ” को सिलसिलामा नेपाल स्काउट पर्साका विज्ञद्वय श्री भूप नारायण पटेल र श्री उमेश कुमार गुप्ता द्वारा प्रेरणादायी तथा व्यवहारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।

विद्यालयको मैदानमा आयोजित यस कार्यक्रमले सम्पूर्ण विद्यार्थीहरूलाई ग्यास सुरक्षा, आपतकालीन सिलिन्डर बन्द गर्ने अभ्यास (भ्mभचनभलअथ क्जगत(याा म्चष्िि) तथा फायर एक्स्टिङ्गुशरको सही प्रयोग सम्बन्धी प्रत्यक्ष प्रदर्शनमार्फत सचेत र सक्षम बनाएको छ । विद्यार्थीहरूले उत्साहका साथ सहभागिता जनाउ“दै व्यवहारिक रूपमा कसरी आपतकालीन अवस्थामा तुरुन्त, सुरक्षित र संयमित कदम चाल्ने भन्ने सीप सिके ।

कार्यक्रमका क्रममा प्रशिक्षकद्वयले व्यवहारिक जीवनका स–साना लापरवाहीहरूले पनि कहिलेकाही“ ठूलो दुर्घटनाको रूप लिन सक्ने भएकाले ग्यास प्रयोग गर्दा अत्यन्त सतर्कता, सचेतना र जिम्मेवारीपूर्ण व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभयो । साथै, आकस्मिक ग्यास चुहावट वा आगलागी जस्ता जोखिमपूर्ण अवस्थाहरूमा आत्मसंयम, शीघ्र निर्णय क्षमता र उचित तथा सुरक्षित कदम चाल्ने सीपको विकास अत्यावश्यक रहेको उल्लेख गर्दै सोही विषयमा विद्यार्थीहरूलाई व्यवहारिक रूपमा प्रशिक्षण दिइयो ।

विद्यार्थीहरूले फायर एक्स्टिुङ्गुइशरको प्रयोग मात्र होइन, स्थानीय रूपमा उपलब्ध सामग्रीहरू — जस्तै बोरा, कम्बल वा ओसिलो कपडा, कुचो, औलाको सही प्रयोग, फाइर एक्स्टिङ्गुशरको प्रयोग आदी — प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रभावकारी तरिकाहरू पनि प्रत्यक्ष रूपमा अवलोकन र अभ्यास गर्ने अवसर प्राप्त गरे । यसले विद्यार्थीहरूमा विपद् व्यवस्थापनप्रति व्यवहारिक सोच, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गरेको विद्यालयले जनाएको छ ।

वक्ताद्वयले जोड दिनुभयो —“सजगता नै सुरक्षा होस सानो सतर्कताले ठूलो दुर्घटना टार्न सक्छ ।”

विद्यालयका प्रधानाध्यापक–संचालक श्री लाल बहादुर गुरुङ्गले नेपाल स्काउट पर्साका प्रशिक्षकद्वयप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “आजको यो प्रशिक्षणले विद्यार्थीहरूमा जिम्मेवारी, आत्मविश्वास र जीवन उपयोगी सीपहरूको विकास गरेको छ । यस्ता व्यवहारिक शिक्षाले हाम्रो विद्यालयको ‘Teaching Ends, Learning Begins’  दृष्टिकोणलाई अझ सबल बनाएको छ ।”

विद्यालय परिवारले नेपाल स्काउट पर्सा प्रति विशेष धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता जीवन–सुरक्षा केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Scroll to Top