वीरगञ्ज, चैत्र २१
जीतपुर सिमरा उपमहानगरपालिका–१३, डुमरवानास्थित डुमरवाना विकास मञ्चको पाँचौं वार्षिक साधारण सभा शनिबार मञ्चकै आफ्नै भवनमा सम्पन्न भएको छ। सभाबाट गोविन्द चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

सभामा मञ्चले विगत एक वर्षमा सम्पन्न गरेका गतिविधि तथा प्रगति विवरण प्रस्तुत गरेको थियो। नयाँ नेतृत्वका रूपमा गोविन्द चौधरी अध्यक्षमा चयन भएका छन् भने अन्य पदाधिकारीहरू यथावत राखिएको जानकारी दिइएको छ।
कार्यक्रम मञ्चका निवर्तमान अध्यक्ष जितेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. १३ का अध्यक्ष हेमनारायण चौधरी प्रमुख अतिथि तथा वडा सदस्यहरू जगिया देवी र सञ्जय चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।
त्यसैगरी, कार्यक्रममा मञ्चका उपाध्यक्ष राजेश्वर चौधरी, पूर्व अध्यक्ष प्रमोद प्रसाद चौधरी, समाजसेवीहरू बाबुराम चौधरी, पलट चौधरी, महादेव चौधरी, आनन्दी चौधरी, राजेन्द्र चौधरी, प्रित नारायण चौधरी तथा सुस्मी चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण मञ्चका सचिव जितेन्द्र चौधरी ‘सानो’ले गरेका थिए।



