डुमरवाना , कार्तिक ९
लोक आस्थाको महान् पर्व छठको अवसरमा डुमरवाना विकास मञ्चद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष जितेन्द्र चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा जीतपुरसिमरा उपमहानगरपालिका–१३ का वडा अध्यक्ष हेमनारायण चौधरी उपस्थित रहनु भएको थियो ।
सो अवसरमा वडा का अग्रज व्यक्तित्वहरू बाबुराम चौधरी, आनन्दी चौधरी, महादेव चौधरी, पलट चौधरी, जयनारायण चौधरी, पृत नारायण चौधरी, लक्ष्मण चौधरी, प्रमोद चौधरी, पोता का मनोज चौधरी , तेतर चौधरी, नन्दलाल चौधरी , जगिया देवी र मञ्जु कुमारी थरुनी लगायत डुमरवाना विकास मञ्चका कोषा अध्यक्ष राजेश्वर चौधरी सहित सम्पूर्ण सदस्यहरूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम लाई सहज बनाउन विकास मञ्च का सचिव जितेन्द्र चौधरी थिए ।

कार्यक्रममा छठ पर्वको शुभकामना आदान–प्रदानसँगै वडाभित्रका कमी–कमजोरी, समस्या र विकासका कार्यहरूबारे छलफल गरिएको थियो ।
डुमरवाना विकास मञ्चले यस किसिमका कार्यक्रमहरूले समुदायमा आपसी एकता, धार्मिक सद्भाव र विकासप्रति सहकार्यको भावना प्रवर्द्धन हुने विश्वास व्यक्त गरेको छ ।



