नेपाल प्रहरी प्रदेश कार्यालय पर्सामा ग्रीन सिटी सामुदायिक प्रहरीद्वारा बृहत् वृक्षारोपण

Spread the love

वीरगञ्ज, २१ जेठ —

 ग्रीन सिटी प्रहरी सामुदायिक सेवा केन्द्रद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदानमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

वातावरण संरक्षण तथा हरित सहर निर्माणको उद्देश्यसहित आयोजित कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए। उनका अनुसार वातावरणलाई हरियो, स्वच्छ र स्वस्थ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

ग्रीन सिटी प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी मधेश प्रहरी प्रमुख एसएसपी शान्तिराज कोइराला विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा डिएसपी राजु अर्याल, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवाल, इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं लगायत प्रहरी तथा ग्रीन सिटीका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले वातावरण संरक्षणका लागि वृक्षारोपणजस्ता कार्यक्रम अपरिहार्य र अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले हरित वातावरण निर्माणमा सबै नागरिकको साझा दायित्व रहने उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सहभागीहरूले वृक्षारोपणमार्फत वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका

Scroll to Top