स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: फेरी प्रहरी हिरासतमा रवि लामिछाने

फेरी प्रहरी हिरासतमा रवि लामिछाने

Spread the love

काठमाडौँ स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राख्ने आदेश दिइएको छ । काठमाडौँ जिल्ला अदालतले थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउन निर्देशन दिएको हो । प्रहरीले थुनछेक बहसका लागि भोलि अदालतमा पुनः उपस्थित गराउने तयारी गरिरहेको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सम्पन्न भएको थियो । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । यसअघि, पोखरास्थित सूर्य दर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका लामिछाने आज बिहान अदालतमा उपस्थित भएका थिए ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा रवि लामिछानेसहित ३९ जना प्रतिवादी रहेको मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धानअनुसार सहकारीको ५,६६९ जना बचतकर्ताको जम्मा २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन गरिएको तथ्य फेला परेको छ। यस प्रकरणमा ९३ वटा जाहेरी दर्ता भएका छन् ।

Scroll to Top