बीरगञ्ज १३ मा जसपा परित्याग गर्दै सयौं नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश

Spread the love

वीरगंज, ३ फागुन 

वीरगंज महानगरपालिका वडा नं. १३ मा आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी सयौं नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

कार्यक्रममा जसपा नेपालका भोला अंसारी, नबी रसूल अंसारी र मुन्ना अंसारीलगायतका युवा नेताहरूको नेतृत्वमा करिब सय जनाको संख्यामा नेता–कार्यकर्ता एमालेमा समाहित भएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादव तथा नेकपा एमालेका केन्द्रीय नेताहरूले नवप्रवेशीहरूलाई फुलमाला र गमछा लगाएर भव्य स्वागत गरेका थिए।

सो अवसरमा उम्मेदवार यादवले देश विकास, सुशासन र ‘समृद्ध नेपाल’को साझा लक्ष्यलाई आत्मसात गर्दै नवप्रवेशी नेताहरू पार्टीप्रति प्रतिबद्ध भएको बताए। सचेत र ऊर्जावान युवाहरूको आगमनले विकास अभियानलाई अझ सशक्त बनाएको उल्लेख गर्दै उनले एकता, सामूहिक प्रयास र दृढ संकल्पका साथ जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार यादवको उम्मेदवारीपछि निरन्तर विभिन्न दल परित्याग गर्दै नेता–कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका कारण पार्टी संगठन र उम्मेदवार झनै सशक्त बन्दै गएको एमाले नेताहरूले दाबी गरेका छन्।

Scroll to Top