राप्रपा उम्मेदवार विना जैसवाल कुर्मीको घरदैलो अभियान औपचारिक शुभारम्भ

Spread the love

वीरगञ्ज , माघ १०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन क्षेत्र नं २ की उम्मेदवार विना जैसवाल कुर्मीले आज घरदैलो कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरेकी छिन्।

वीरगञ्ज महानगरपालिका वडा नं २५ स्थित श्रीसियाबाट घरदैलो अभियान सुरु गर्दै उम्मेदवार जैसवाल कुर्मी टोल–टोलमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सहभागी भइन्। यस क्रममा उनले स्थानीय बासिन्दाहरूका समस्या, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुनेकी छन्।

घरदैलो कार्यक्रमका क्रममा शिक्षा, स्वास्थ्य सेवा, युवाहरूको बेरोजगारी, बालविवाह लगायत विभिन्न सामाजिक तथा विकाससम्बन्धी विषयमा जनताका गुनासा र धारणा संकलन गरिएको छ। उम्मेदवार जैसवाल कुर्मीले जनताका यस्ता समस्या र आवाजलाई आगामी दिनमा नीतिगत रूपमा उठाउँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनको घरदैलो अभियानले स्थानीय तहमा राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै जनतासँग नजिकबाट जोडिने अवसर प्रदान गरेको स्थानीयले बताएका छन्।

Scroll to Top