वीरगन्ज, भदौ २९
पर्सा प्रहरीले आइतबार साँझ वीरगन्ज बसपार्क चोकबाट अन्दाजी १५ वर्षकी बोल्न नसक्ने एक बालिकालाई उद्धार गरेको छ। उद्धार गरिएको बालिकालाई बेलुकी ४:३० बजे मानवसेवा आश्रम वीरगन्ज शाखामा ल्याई संरक्षणमा राखिएको हो।
आश्रम पुर्याएपछि सरसफाइ तथा नुहाइधुइ गराई डाक्टर भरत गोईज्यूको निगरानीमा स्वास्थ्य परीक्षणसहित औषधोपचार सुरु गरिने आश्रमले जनाएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक अभियन्ता देवेश गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.स.नी बिटु कुमार सिंह, महिला सेलकी प्रहरी मिना बराल र आश्रममा कार्यरत प्रहरी जवान नगेश्वर यादवको सक्रिय उपस्थिति रहेको थियो।



