मकवानपुरको रातोमाटे चेकपोइन्टबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

Spread the love

मकवानपुर

जेठ २

मकवानपुरको रातोमाटे चेकपोइन्टबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ स्थित चेकपोइन्टमा नियमित सवारी जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा शंका लागेर खानतलासी गर्दा लागूऔषध बरामद गरिएको हो।

पक्राउ पर्नेमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका–५ बस्ने २० वर्षीय करण राय र सोही ठाउँका २९ वर्षीय उपेन्द्र रायभर रहेका छन्। जाँचको क्रममा करण रायले बोकेको झोलाभित्र VIVO लेखिएको मोबाइल चार्जर भित्र लुकाई राखिएको अवस्थामा १८ ग्राम १५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुबै जनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरअन्तर्गत ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ।

Scroll to Top