वीरगंज
जेठ ८
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निरन्जन मिश्रलाई आफ्नो जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका छन्। मेयर सिंहले बिहीबार आफ्नो कार्यकक्षमा एक कार्यक्रमकाबीच मिश्रलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
नव नियुक्त सल्लाहकार मिश्रले सञ्चार तथा जनसम्पर्कको क्षेत्रमा लामो अनुभव संगालेका छन्। उनले अबदेखि वीरगंज महानगरपालिका र नगरप्रमुखबीचको जनसम्पर्क व्यवस्थापन, सञ्चार समन्वय तथा सूचना प्रवाहमा सहयोग गर्ने जिम्मेवारी पाएका छन्।
नियुक्तिपछि मिश्रले महानगरको जनसम्पर्क प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मेयर सिंहले पनि मिश्रको अनुभवले महानगरको कामकाज सर्वसाधारणसम्म पुर्याउन सघाउ पुग्ने विश्वास व्यक्त गरे।


