वीरगञ्ज , पौष १९
वीरगञ्जका युवाहरूसँग जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले भेटघाट तथा छलफल गरेका छन्। काठमाडौँको बानेश्वरमा आयोजित भेटघाट कार्यक्रममा वीरगञ्जका युवा तथा सामाजिक अभियन्ता विशाल कुमारसहित अन्य युवाहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा जेन जी आन्दोलनपछिका उपलब्धि, हालको राजनीतिक अवस्था तथा सरकारको भूमिकाबारे गहन विचार–विमर्श गरिएको थियो। सहभागी युवाहरूले वर्तमान सरकारले जेन जीका मागहरूलाई बेवास्ता गर्दै अघिल्ला सरकारहरूकै शैलीमा काम गरिरहेको गुनासो व्यक्त गरे।
त्यसैगरी, मधेश क्षेत्रमा देखिएका भ्रष्टाचार, बेथिति तथा सुशासनको अभावका विषयमा सामाजिक अभियन्ता विशाल कुमारले जेन जीका अगुवा मिराज ढुंगानासँग स्पष्ट रूपमा कुरा राखेका थिए। छलफलमा युवाहरूको सक्रिय भूमिका, आन्दोलनको भविष्य र जनचासोका विषयलाई अझ सशक्त रूपमा उठाउने विषयमा समेत सहमति जनाइएको थियो।


