वीरगञ्ज, भदौ ४
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरस्थित निभासा ईन्डष्ट्रिज प्रा.लि. मा आगलागी हुँदा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आज बिहान करिब ९ः४५ बजे घरधनी फरजना खातुनको तीन तल्ले पक्की घरको भुईँतल्लाको उत्तरतर्फको सटरमा सञ्चालनमा रहेको उद्योगमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो।
आगलागी भएको खबर पाएपछि प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक डिकर देव पन्तको कमाण्डमा ३० जना प्रहरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक सरोज प्रसाद के.सी सहितको टोली खटिएको थियो। स्थानीयवासी, दमकल तथा प्रहरीको सक्रियतामा आगो करिब १०ः४५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय वा चौपाया क्षति नभए पनि उद्योगका विभिन्न मेशिन तथा उपकरण जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरण अनुसार —
हिट ट्रान्सफर्मर मेशिन १ थान (अ.मु. रु. ३२,००,०००)
सर्भो स्टेपलाईजर ७२ केभी १ थान (अ.मु. रु. २,२०,०००)
रोलिङ मेशिन १ थान (अ.मु. रु. ३,००,०००)
वायरिङ पार्टस सेट २ पिस (अ.मु. रु. २,००,०००)
जम्मा करिब रु. ३९,२०,००० बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
क्षतिको थप विवरण संकलन भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी पर्साले जनाएको छ।



