वीरगञ्ज , वैशाख ३१
अर्जुन चौधरी
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक श्री गौतम मिश्रको नेतृत्वमा रहेको एक टोलीले वीरगञ्ज कारागारको निरीक्षण सम्पन्न गरेको छ।
निरीक्षणका क्रममा कारागारभित्र रहेका कैदी तथा थुनुवाहरूको अवस्था, व्यवस्थापन प्रणाली, तथा चालु सुधारात्मक कार्यक्रमहरूको प्रगतिको समग्र मूल्याङ्कन गरिएको थियो। टोलीले विशेषगरी कारागारमा सञ्चालित बुनाईजस्ता सीपमूलक कार्यक्रमहरू, स्वास्थ्य तथा सरसफाइको अवस्था पनि नजिकबाट अवलोकन गरेको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार यो निरीक्षणको मुख्य उद्देश्य कारागार सुधार प्रक्रियामा थप प्रभावकारिता ल्याउनुका साथै मानव अधिकारको सुनिश्चितता गर्नु रहेको थियो।
निरीक्षणमा सशस्त्र प्रहरी, कारागार प्रशासन र अन्य सरोकारवाला निकायहरूको पनि सक्रिय सहभागिता रहेको थियो।


