रक्सौल, श्रावण ११
लायन्स क्लब अफ रक्सौलद्वारा रक्सौल रेल्वे स्टेशनको प्लेटफर्म नम्बर १ मा आज बिहान ७ बजेदेखि १०:३० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको छ। सत्याग्रह एक्सप्रेस, मिथिला एक्सप्रेस तथा बाबाधामबाट आउने–जाने यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा करिब १६० यात्रुहरूको रक्त परीक्षण, मधुमेह र रक्तचाप जाँच गरिएको क्लबले जानकारी दिएको छ।
जाँचको क्रममा केही यात्रुहरूमा स्वास्थ्य समस्या देखिएपछि क्लबका सदस्य लायन डा. सुशील कुमार सिंहले चिकित्सकीय परामर्श प्रदान गर्नुका साथै १५ जना यात्रुहरूलाई विशेष परामर्श दिँदै स्वस्थ जीवनशैली र सन्तुलित खानपानका सल्लाहहरू पनि दिएका थिए।
शिविरमा क्लब अध्यक्ष लायन बिमल सर्राफ, सचिव लायन मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष लायन अमित कुमार, जोनल चेयरपर्सन लायन शम्भू प्रसाद चौरसिया, लायन डा. राजीव रंजन कुमार, लायन गणेश धानोठिया, लायन पवन किशोर कुशवाहा, लायन नारायण रूंगटा, लायन राजु गुप्ता, लायन साइमन रेक्स, लायन बसन्त जालान, लायन पंकज बरनवाल, लायन रमेश रौनियारलगायतको सक्रिय उपस्थिति रहेको थियो।
स्वास्थ्य परीक्षण कार्यमा एस.आर.पी. अस्पताल, लक्ष्मीपुरका निर्देशक तथा क्लब सदस्य लायन संजय गुप्ताको पहलमा तनवीर हसन, निखिल कुमार, प्रियंका कुमारी र रेखा कुमारी सम्मिलित अनुभवी स्वास्थ्य टोलीको उल्लेखनीय योगदान रहेको थियो। क्लबले उनीहरूको मृदु व्यवहार, सेवा भावना र दक्षताप्रति विशेष आभार व्यक्त गरेको छ।यसैगरी, स्टेशन अधीक्षक श्री अनिल सिंह तथा उनका सहयोगीहरूले उपलब्ध गराएको उत्कृष्ट व्यवस्थापनप्रति पनि क्लबले धन्यवाद ज्ञापन गरेको छ।
शिविर सम्बन्धी जानकारी क्लब अध्यक्ष एवं मिडिया प्रभारी लायन बिमल सर्राफद्वारा पत्रकारहरूसँग साझा गरिएको हो।


