बैशाख ०८, वीरगञ्ज
सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेडक्वाटर, उत्तरझिटकैया, बारामा एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपालको १८औं स्थापना दिवसको अवसरमा आयोजित यस शिविरमा किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा करिब ९० जना सुरक्षाकर्मीहरूको आँखाको परीक्षण गरिएको थियो, जसमा १० जना महिला सुरक्षाकर्मीहरू पनि सहभागी थिए।
शिविरमा नेत्र विशेषज्ञ डा. ज्योति कर्ण र पुष्पा सराफको नेतृत्वमा नेत्र सहायकहरू कमलेश महतो, विकास मण्डल तथा रामबाबु चौरसियाले प्राविधिक सेवा प्रदान गरेका थिए। किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्यालका अनुसार परीक्षणपछि आवश्यक पर्ने औषधिहरू समेत निःशुल्क रूपमा वितरण गरिएको हो।
सशस्त्र प्रहरी बलका एक सुरक्षाकर्मीले यस्तो प्रकारको शिविरले सुरक्षाकर्मीहरूको स्वास्थ्यप्रति सचेतना वृद्धि हुने र किरण आँखा अस्पतालले समय–समयमा गर्दै आएको यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूले जनमानसमा सकारात्मक प्रभाव परेको बताएका छन्।
उक्त अवसरमा अस्पतालका सञ्चालक डा. अमर क्यालप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर गर्न शुभकामना व्यक्त गरिएको थियो।


5 Comments
Awesome https://is.gd/tpjNyL
Awesome https://shorturl.at/2breu
Very good https://shorturl.at/2breu
Good https://lc.cx/xjXBQT
Very good https://lc.cx/xjXBQT