वीरगञ्ज, ९ वैशाख

बाराको अमलेखगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमोमा प्रहरीले लागूऔषध फेला पारी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा सुमो चालक पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-९ का २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान पक्राउ गरिएको हो।

मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको टाटा सुमो हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटेमा चेकजाँच गर्ने क्रममा उक्त सुमोबाट वानरेक्स नामक नियन्त्रित लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार सुमोको हुडको भागमा स्पेयर टायर राखी, टायर भित्र प्वाल पारी लुकाई राखिएको अवस्थामा वानरेक्स १०० एमएलका २२५ बोतल फेला परेका हुन्।

लागूऔषधसहित सुमो चालक पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-९ का २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान पक्राउ गरिएको हो।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा सुमोमा चेकजाँच गर्दा लागूऔषध फेला परेको जनाइएको छ। पक्राउ परेका मियामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Share.

2 Comments

Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version