वीरगञ्ज वैशाख, १२
बाराको सिम्रौनगढमा आज (शुक्रबार) सिम्रौनगढ भन्सार नाकालाई सुचारु एवं स्तरबृद्धिका लागि आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दुनियामाथि शासन गरेको र ऐतिहासिक राजनीतिक विरासत भएको सिम्रौनगढ आज सरकारको विभेदका कारण ओझेलमा परेको बताए ।
तराईका सबै जिल्लाहरुमा भन्सार कार्यालय छ । तर बारा जिल्ला जहाँ सिम्रौनगढ जस्तो राजनीतिक बिरासत, औधोगिक र व्यापारको प्रचुर सम्भावना छ त्यहाँ भन्सार कार्यालय छैन् । कुनै बेला दुनियामाथि शासन गरेको बारा जहाँ औधोगिक हबछ, त्यहाँ एउटा पनि भन्सार नाका नहुनु दुर्भाग्य छ । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईले बारामा भन्सार कार्यालय कहिले खोल्ने हो ? सिम्रौनगढसंग विभेद किन गरेको ?’ आजपा अध्यक्ष साहले भने ।
तपाईहरु हेर्दैहुनुहुन्छ आज एमालेलाई मतदान गर्नेहरु पछुतो मानिरहेका छन् । मधेसको लाईफलाईन रहेको हुलाकी राजमार्ग ६ लेनको हुनुपर्ने हो । तर यो सरकारले बनाउदैन् । किन भने अहिलेको सरकारले समृद्ध मधेस बनेको हेर्नै चाहदैन्,’ आजपा अध्यक्ष साहले भने, ‘कलैयाको त्यो ३ किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकारले समृद्ध नेपाल बनाउँछौ भन्दा हामीले पच्याइदिनुपर्ने । मतदाताले त वडा सदस्य, मेयर, उपमेयर, बिधायक, सांसद सबै एमालेकै जिताए । संघीय सरकारमा प्रधानमन्त्री, भौतिक मन्त्री एमालेकै छ । प्रदेशमा पनि एमालेकै सरकार छ, पालिकामा पनि एमालेकै सरकार छ तर तीन किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकार भएर वा नभएर के हुन्छ ? उनीहरुलाई मतदान गर्नेहरु अहिले पछुताइरहेका छन् ।’
युवा नेता नविन साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु मा. समिना हुसेन, अशोक लामा, उमेश कुशवाहा लगायतका नेता एवं उद्योग बाणिज्य संघको अध्यक्ष लालबाबू कुशवाहाको विशेष सहभागिता रहेको थियो ।



