कृष्ण सेन ‘इच्छुक’ को २३ औं स्मृति दिवसमा वीरगंजमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Spread the love

वीरगंज, १४ जेठ 

 महान सहिद तथा प्रख्यात पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २३ औं स्मृति दिवसको अवसरमा आज साँझ वीरगंजको ऐतिहासिक घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।

प्रेस सेन्टर नेपाल, पर्साको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष शिवनाथ यादवसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

 साथै कार्यक्रममा विभिन्न पत्रकार संघ–संगठनका प्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले कृष्ण सेन ‘इच्छुक’ को पत्रकारितामा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि उनले देखाएको त्याग र बलिदानलाई स्मरण गरे। दीप प्रज्वलन कार्यक्रमले सेनको स्मृतिलाई उजागर गर्दै वर्तमान पत्रकारितालाई सत्य, निष्ठा र जनपक्षीयताको बाटोमा अग्रसर गराउने प्रेरणा दिने बताइएको छ।

स्मृति दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गर्दै इच्छुकप्रति श्रद्धाञ्जली अर्पण गरिने जानकारी आयोजकले दिएका छन्।

Scroll to Top